बन्दी प्रत्यक्षीकरण निवेदन उपर सुनुवाइ गरिने

डिसी नेपाल
१५ चैत २०७६ १७:४६

जुम्ला । उच्च अदालत सुर्खेत जुम्ला इजलासले बन्दी प्रत्यक्षीकरणलगायत महामारीसँग सम्बन्धित निवेदन उपर सुनुवाइ गर्ने भएको छ । फैलिँदो कोरोना माहामारीको सङ्क्रमणलाई मध्यनजर गर्दै सर्वोच्च अदालतको चैत ७ गतेको निर्णयबमोजिम चैत ९ गतेदेखि २२ गतेसम्म अदालतले प्रवाह गर्ने नियमित सेवा न्यूनीकरण गरी बन्दी प्रत्यक्षीकरणलगायत महामारीसँग सम्बन्धित निवेदन उपर सुनुवाइ गर्ने भएको हो ।

यस्ता निवेदन उपर सुनुवाइ गर्नका लागि न्यायाधीश राकेशकुमार निधिसहितको कर्मचारी व्यवस्थापन गरिएको अदालतका नायव सुब्वा गणेश आचार्यले बताए । उनले भने ‘अदालत पूर्णरूपमा बन्द भएको छैन, महामारीसँग सम्बन्धित सेवालाई सर्वोच्चको निर्णयअनुसार खुला गरिएको हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *