अमेरिकी सरकारले घोषणा गरेको राहत क-कसले पाउँछन् ?

डिसी नेपाल
१६ चैत २०७६ ४:५०

वासिंगटन डिसी । अमेरिकी राष्टपति डोनल्ड टम्पले शुक्रबार हस्ताक्षर गरी जारी गरेको कोरोनासम्बन्धी राहत रकम क-कसले पाउने र क- कसले नपाउने भन्ने जिज्ञासा सर्वत्र भइरहेका बेला नेपाली मूलका चर्चित सीपीए हरि शर्माले यो रकम नेपाली मूलकका अमेरिकी नागरिकहरु र अमेरिकामा स्थायी बसोबास गर्न कानूनी हैसियत प्राप्त(ग्रीन कार्ड) गर्ने व्यक्तिहरुले पाउने बताएका छन् ।

डिसी नेपालसंग प्रत्यक्ष संबादमा सीपीए शर्माले बताएअनुसार, विवाह नभएको व्यक्तिका लागि बर्षको ७५ हजार डलरभन्दा कम आम्दानी भएकाहरुका लागि १२ सय डलर राहत रकम पाउने छन् । त्यसैगरी पति पत्नीको १ लाख ५० हजारभन्दा कम संयुक्त आम्दानी हुने परिवारले २४ सय डलर राहत पाउने छन् ।

अविवाहितमध्ये जसले ७५ हजारभन्दा बढी ९९ सय हजारभन्दा कम आम्दानी गर्ने व्यक्ति छन् भने उनीहरुले पनि राहत पाउंछन् तर १२ सय डलर होइन अनुपातिक हिसाव १ हजार डलरसम्म राहत पाउने व्यबस्था गरिएको छ । जसले ९९ हजार डलरभन्दा बढी आम्दानी गर्छ त्यस्तो अविवाहित व्यक्तिलाई भने राहत रकम उपलब्ध हुने छैन ।

विवाहितको हकमा १ लाख ५० हजारदेखि १ लाख ९८ हजारभन्दा कम आन्दानी गरेको छ त्यो परिवारले पनि राहत रकम पाउने व्यबस्था राष्टपति टम्पले घोषणा गरेको राहत प्याकेजमा उल्लेखित रहेको सीपीए शर्माले डिसी नेपाललाई बताए ।

उनका अनुसार, १ लाख ९८ हजारभन्दा बढी रकम कमाउने परिवार भए त्यस्तो परिवारलाई राहतको व्यबस्था गरिएको छैन । राहत प्याकेजअनुसार, २४ सय रकम राहत पाउने परिवारमा यति बच्चाहरु छन् भने प्रतिबच्चा ५ सय डलरका हिसावले राहत रकम प्राप्त गर्ने छन् । यसहिसावले ४ जनाको परिवार छ भने सो परिवारले ३४ सय अमेरिकी डलर राहत रकम पाउने छन् ।

सरकारले सो राहत रकम सन् २०१८ सालको ट्याक्स फाइल गरेको विवरणका आधारमा उपलब्ध गराउदै छ । यस्तो रकम यदि कर फाइल गर्दा डाइरेक्ट डिपोजिट गर्ने व्यबस्था गरिएको रहेछ भने सिधै बैंक खातामा पठाइने छ । राहत वितरण अप्रिल ६ तारिकबाट हुने र यस्तो रकम तत्काल नै पाइने छ ।

जसले कर फाइल गर्दा डाइरेक्ट डिपोजिट गरेको छैन उसलाई चेक बनाएर घरमा पठाउने पर्ने हुन्छ त्यस्ता व्यक्ति तथा परिवारहरुलाई राहत रकम पठाउन केही समय लाग्न सक्छ । तर पनि सरकारी दावीअनुसार, सकेसम्म चाडै नै सो रकम घर घरमा पठाइने छ ।

साना व्यापारीहरुको हकमा पनि अत्यन्त न्यून व्याजमा सरकारले २५ हजार डलर रकम तत्काल उपलब्ध गराउने राहत प्याकेजमा उल्लेख छ ।

सीपीए शर्मा नेपाली मूलका साना व्यापारीहरुलाई सो राहतमा प्राप्त हुने रिण रकम लिएर प्रयोग गर्न आग्रह गर्छन् । कतिपय अवस्थामा सम्बन्धित राज्यहरुले त्यस्तो रिण रकम मिनाहा गर्ने निर्णय पनि गर्न सक्ने हुंदा यस्तो मौका नगुमाउन शर्माको आग्रह छ ।

कस्ता कस्ता राहतका कार्यक्रमहरु छन् त ? अमेरिकी सरकारका ? थप जानकारीका लागि सीपीए शर्मासंगको कुराकानीको यो भिडियो हेर्नुहोस्

कस्ले पाउँछ अमेरिकी सरकारको राहत ? अमेरिकी राष्ट्रपतिले हस्ताक्षर गरेको दुई ट्रिलियन अमेरिकी डलरको राहत क कस्ले पाउछँन ? नेपाली समुदाय यसबाट कसरी लाभान्वित हुन्छ ? क-कस्ले सो रकम दावी गर्न सक्छन् ?चर्चित नेपाली सीपीए हरिकुमार शर्मा सँगको प्रत्यक्ष कुराकानी

Posted by DCnepal on Saturday, March 28, 2020




प्रतिक्रिया

One thought on “अमेरिकी सरकारले घोषणा गरेको राहत क-कसले पाउँछन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *