इटालीका गृहमन्त्री भन्छिन् – तत्काल लकडाउन खुल्दैन

बिजय भुसाल
१६ चैत २०७६ १०:३०

इटाली।फेब्रुअरी २१ देखि कोरोना भाइरसको संक्रमण देखिन सुरु भएको इटाली अप्रिल ३ सम्म लक डाउनमा छ। संक्रमितको संख्या ९२४७२ पुगिसकेको इटालिमा दस हजार भन्दा बढीको मृत्यु भैसकेको छ।

इटालीका गृहमन्त्री लुचियाना लामोरगेजेले पछिल्लो संक्रमितको संख्या हेर्दा अप्रिल ३ मै लक डाउन खोल्नसक्ने अवस्था नरहेको बताएकी छन् । संक्रमितको संख्यामा गिरावट आएसंगै सबै खुल्ला गरिने उनले बताएकी छन् ।

अप्रिल ३ पछि कति समयका लागि समय थप गरिने भन्ने अन्योल सङै अरु दुई हप्ता लम्बिन सक्ने जानकारीहरु प्राप्त भएका छन। स्कुल र बिश्व बिधालय भने अप्रिल ३ पछि पनि बन्द नै रहने छन भने हाललाई अन्लाईन मार्फत स्कुल र बिश्वबिधालय का पठन पाठनहरु संचालित नै छन् ।

आजमात्रै इटालीका प्रधानमन्त्री जुसेप्पे कन्ते ले फेसबूक लाइभमार्फत यस दुखद घडीमा सरकार सबै नागरिकको साथमा रहेको आभास दिलाउदै सरकारले कुनै पनि नागरिकको साथ नछाड्ने बताए ।

उनले नगरपालिकाहरुका लागि ४,३ बिलियन यूरो र प्रत्येक गाबिसहरु का लागि ४०० मिलियन युरो उपलब्ध गराउने बताए ।गाबिसलाई उपलब्ध रकम गाबिसले पैसाको अभावमा खाद्यान्न को समस्या परेका नागरिकहरुका लागि उपलब्ध गराउने र नगरपालिकाले अस्पताल लगाएत बिरामी हरु को उपचार मा प्रयोग गर्न सक्ने छन।

कुल रकम को ६६ प्रतिशत रकम एक हप्ताको अवधिमा गबिस र नगर पालिका हरु मा उप्लब्ध भैसक्ने उनले जान्कारी दिए ।

इटालीमा लगभग १५०० को हाराहारीमा नेपाली हरु बस्दै आएका छन। हाल सम्म सबै नेपाली सुरक्षित भए पनि दिनहु संक्रमितको संख्या बढिरहदा नेपालीहरु त्रासमा छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *