इटालीका गृहमन्त्री भन्छिन् – तत्काल लकडाउन खुल्दैन
इटाली।फेब्रुअरी २१ देखि कोरोना भाइरसको संक्रमण देखिन सुरु भएको इटाली अप्रिल ३ सम्म लक डाउनमा छ। संक्रमितको संख्या ९२४७२ पुगिसकेको इटालिमा दस हजार भन्दा बढीको मृत्यु भैसकेको छ।
इटालीका गृहमन्त्री लुचियाना लामोरगेजेले पछिल्लो संक्रमितको संख्या हेर्दा अप्रिल ३ मै लक डाउन खोल्नसक्ने अवस्था नरहेको बताएकी छन् । संक्रमितको संख्यामा गिरावट आएसंगै सबै खुल्ला गरिने उनले बताएकी छन् ।
अप्रिल ३ पछि कति समयका लागि समय थप गरिने भन्ने अन्योल सङै अरु दुई हप्ता लम्बिन सक्ने जानकारीहरु प्राप्त भएका छन। स्कुल र बिश्व बिधालय भने अप्रिल ३ पछि पनि बन्द नै रहने छन भने हाललाई अन्लाईन मार्फत स्कुल र बिश्वबिधालय का पठन पाठनहरु संचालित नै छन् ।
आजमात्रै इटालीका प्रधानमन्त्री जुसेप्पे कन्ते ले फेसबूक लाइभमार्फत यस दुखद घडीमा सरकार सबै नागरिकको साथमा रहेको आभास दिलाउदै सरकारले कुनै पनि नागरिकको साथ नछाड्ने बताए ।
उनले नगरपालिकाहरुका लागि ४,३ बिलियन यूरो र प्रत्येक गाबिसहरु का लागि ४०० मिलियन युरो उपलब्ध गराउने बताए ।गाबिसलाई उपलब्ध रकम गाबिसले पैसाको अभावमा खाद्यान्न को समस्या परेका नागरिकहरुका लागि उपलब्ध गराउने र नगरपालिकाले अस्पताल लगाएत बिरामी हरु को उपचार मा प्रयोग गर्न सक्ने छन।
कुल रकम को ६६ प्रतिशत रकम एक हप्ताको अवधिमा गबिस र नगर पालिका हरु मा उप्लब्ध भैसक्ने उनले जान्कारी दिए ।
इटालीमा लगभग १५०० को हाराहारीमा नेपाली हरु बस्दै आएका छन। हाल सम्म सबै नेपाली सुरक्षित भए पनि दिनहु संक्रमितको संख्या बढिरहदा नेपालीहरु त्रासमा छन।
No ads found for this position


Facebook Comment