कोरोनासंगको युद्धमा जित हात पारेका खेलाडीको डरलाग्दो अनुभव

डिसी नेपाल
१६ चैत २०७६ ९:५५

काठमाडौं । खेल जगतमा कोरोना भाइरसको असर सबैभन्दा बढी फुटबलमा परेको छ । सिरी ए का धेरैजसो खेलाडीहरु कोरोनाबाट प्रभाबित भएका छन । प्रभावित खेलाडीहरु प्रायः क्रिस्टियानो रोनाल्डोको क्लब युभेन्ट्सका रहेका छन् । युभेन्ट्सका तीन खेलाडीहरुमा कोरोना रिपोर्ट पाजेटिभ आएको थियो ।

तीमध्ये युभेन्ट्सका फरवार्ड पाउलो डिबालाले कोरोनासंगको लडाई जितेका छन र उनले आफ्नो नियामित प्रशिक्षण पनि सुरुवात गरिसकेका छन् । पाउलो डिबालाले एक टेलिभिजन च्यानलसंगको अन्तर्वातामा भने ‘मेरो शरिरमा कोरोना भाइरसको लक्षणहरु अत्याधिक मात्रामा रहेको थियो, तर म अहिले राम्रो महसुस गरिरहेको छु ।’ २६ बर्षीय पाउलो कोरोना संक्रमित हुदा उनलाई श्वासप्रश्वासमा अत्याधिक समस्या भएको अनुभव सुनाउँछन तर अहिले उनी सजिलै हिँड्न डुल्न र समान्य वर्कआउट पनि गर्न सक्छन् ।

यो महामारीको कारण ९ मार्चदेखि सिरी ए पनि निलम्बित गरिएको छ । पाउलोसंगै यो माहामारीको कारण डेनियल रुगानी र ब्लेस मैत्यूदीको रिपोर्ट पनि पोजेटिभ आएको थियो । मैत्यूदी २०१८ को फ्रान्स वर्ल्ड च्याम्पियनका एक सदस्य थिए । रुगानी यो माहामारीमा पर्ने पहिलो सिरी ए फुटबल खेलाडी हुन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *