‘लकडाउन’ झन कडा, संक्रामक रोग ऐन २०२० सक्रिय बनाइदै

डिसी नेपाल
१६ चैत २०७६ १८:४२

काठमाडौं । सरकारले अबको एक सातको ‘लकडाउन’ झन कडा गर्ने भएको छ । लडकडाउनको समयमा छिमेकी मुलुक भारतमा सर्वसाधारण ह्वारह्वार्ती सडकमा निस्केको र त्यहाँको अनुशरण गरेर नेपालमा पनि लकडाउन भंग गर्ने क्रम बढेपछि सरकार कडा रुपमा प्रस्तुत हुन लागेको हो । सरकारले लकडाउन उल्लंघन नियन्त्रण गर्न संक्रमक ऐन २०२०लाई सक्रिय बनाउने समेत जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९्) संक्रामण फैलिन नदिन सरकारले यो नीति लिएको हे। कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समय छिमेकी मुलुक भारत या तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बस्न नमान्ने र लकडाउनका बेला कामै नपरी सडकमा निस्कने जो कोहीलाई पनि कठोर भएर कारवाही गर्ने जनाएको हो । बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् समिति सदस्य सचिव नारायणप्रसाद बिडारीले क्वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने जानकारी दिए ।

‘क्वारेन्टाइनमा बस्न इन्कार गर्ने, क्वारेन्टाइनमा बस्न नमान्ने या लुकेर गाउँघरमा बस्ने, जति सम्पर्क गर्दा पनि सम्पर्कमा नआउने भइरहेको छ,यो खालको प्रवृत्तिलाई संक्रमण रोग ऐन बमोजिम कडाइका साथ कारबाही गर्ने निर्णय भएको छ । साथै यसलाई गृहप्रशासनले कारबाही अगाडि बढाउँछ,’ उनले भने ।

सो ऐन अनुसार उल्लंघन गर्ने व्यक्तिलाई एक सय रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्याउनेलाई ६ महिना कैद, ६ सय रूपैयाँ जरिवा या दुवै हुन सक्ने व्यवस्था छ । यस्तो व्यवस्था छ संक्रामक रोग ऐन २०२० मा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *