खेलाडीले तलव नलिने, खेल मैदानमै अस्पताल बन्ने

डिसी नेपाल
१६ चैत २०७६ २०:०५

काठमाडौं ः कोरोना भाईरसका कारण आर्थिक संकटबाट गुज्रिएको क्लबलाई सहयोग गर्ने उदेश्यले इटालियन क्लव युभेन्ट्सका खेलाडीहरुले चार महिनाको तलब नलिने भएका छन ।

क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सहितका खेलाडीहरुले पारिश्रमिक नलिने बताएका हुन् । खेलाडीहरुले चार महिनाको तलब नलिने सहमतिसंगै क्लबलाई करीव एक अर्व अमेरिकी डलर राहत मिलेको छ ।

क्लवका प्रशिक्षकले पनि तलव नलिने बताएका छन् । यसैबीच कोरोनाको सङ्क्रमण विश्वभर फैलिइ रहँदा विश्वभरकै विभिन्न खेल संस्थाहरुले खेल गतिविधी स्थगित गर्ने देखि राहतमा सघाउने घोषणा गरीरहेका छन् ।

यसैबीच कोरोना सङ्करमितको संख्या बढ्दै गएको बेलायतको वेल्स राज्य स्थित रग्वी रंगशालालाई अस्थायी अस्पताल बनाइएको छ । व्लस नेशनल रग्वी रंगशालामा दुई हजार शैय्याको अस्थायी क्वारेन्टाइन अस्पताल बनाइएको हो । यसैगरी अर्जेन्टिनाको एउटा चर्चित फुटसल रंगशालामा पनि कोरवनाका विरामी राख्न अस्पताल बनाइएको छ । अर्जेन्टिनी फुटबल संघले फुटसल खेलाइने स्टेडियममा १२० शैय्याको अस्पताल तयार गरेको हो ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *