ह्यारी र मेघनको सुरक्षा खर्च अमेरिकाले नव्यहोर्ने राष्ट्रपति ट्रम्पको भनाइ

डिसी नेपाल
१७ चैत २०७६ ४:०८

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायती राजपरिवारका सदस्यहरु पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघनको सुरक्षाका लागि अमेरिकाले खर्च गर्न नसक्ने बताएका छन् ।
मार्च २९ आइतवार एक ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले पूर्वराजकुमार ह्यारी, मेघन र बेलायती राजपरिवारलाई यस्तो जानकारी गराएका हुन् । पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायत छाडेर क्यानडा बस्दै आएका थिए । तर, उनीहरु क्यानडासमेत छाडेर अमेरिका बस्न आउन क्यानडाबाट अमेरिका हिडिसकेका छन् । यो जानकारी पाएपछि राष्ट्रपति ट्रम्पले लेखेका छन्, “उनीहरु अमेरिकाका लागि क्यानडाबाट हिडेको भएता पनि अमेरिकाले उनीहरुको सुरक्षा खर्च तिर्ने छैन, उनीहरु आफैंले तिर्नुपर्नेछ ।”
राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशमा आफू बेलायती रानी र बेलायतको असल मित्र भएको पनि उल्लेख गरेका छन् ।

आन्तरिक विवादका कारण बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघनले राजदरबारको आधिकारिक राजकुमार र राजकुमारीको पद्वी त्याग गरेर सर्वसाधारण नागरिक हुने निर्णय गरेका थिए र बेलायती महारानी एलिजावेथले उनीहरुको प्रस्ताव स्वीकार गरेकी थिइन् । औपचारिक पद्वी छाडेपछि उनीहरु बेलायत छाडेर साधारण जीवन व्यतित गर्न क्यानडा आएका थिए । राष्ट्रपति ट्रम्पको ट्वीटपछि उनीहरु अमेरिकामा स्थायी बस्न आउन थालेको खुलासा भएको हो । तर, बेलायती राजपरिवारको यो सेलिब्रेटी जोडी अमेरिकामा कहां र कसरी बस्दैछ भन्ने कुरा भने खुलेको छैन । ह्यारी पत्नी मेघन विवाहपूर्व अमेरिकी नागरिक थिइन । बेलायती राजपरिवारको सदस्य बनेपछि उनले अमेरिकाको नागरिकताबारे के गरिन् भन्ने सार्वजानिक भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *