लकडाउनमा समोसा मागेर हैरान पार्ने व्यक्तिलाई प्रशासनले घरमै समोसा पठाइदियो त्यसपछि…
काठमाडौं। कोरोनाभाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै देशमा लकडाउनको घोषणा गरिएको छ । नेपालमा मात्र नभइ विश्वका कैयौं देशहरुमा लकडाउन जारी छ । छिमेकी देश भारतमा पनि लकडाउन जारी छ । लकडाउनका बीचमा नियम तोड्न खोज्ने केही व्यक्तिहरु पनि भेटिएका छन् । यी व्यक्तिहरुलाई विभिन्न किसिमले कारवाही गरिएको छ । यस्तै रोचक कारवाही भारतको उत्तर प्रदेशको रामपुरमा गरिएको छ ।
जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेटले लकडाउनको नियमको उल्लंघन गर्ने एक व्यक्तिलाई यस्तो अनौठो कारवाही गरेका हुन् । यहाँ एक व्यक्तिले कन्ट्रेल रुममा पटक पटक फोन गरेर कर्मचारीलाई हैरान पारेका थिए । ती व्यक्तिले कन्ट्रोल रुममा फोन गरेर आफूलाई समोसा ल्याइदिन भनिरहेका थिए । कर्मचारीले हैरान भएर यसबारे डिस्ट्रिक्ट मजिस्ट्रेटलाई जानकारी दिए ।
4 समोसा भिजवा दो… चेतावनी के बाद आखिर भिजवाना ही पड़ा।
अनावश्यक मांग कर कंट्रोल रूम को परेशान करने वाले व्यक्ति से सामाजिक कार्य के तहत् नाली सफाई का कार्य कराया गया। pic.twitter.com/88aFRxZpt2— DM Rampur (@DeoRampur) March 29, 2020
डिस्ट्रिक्ट मजिस्ट्रेटले पनि ती व्यक्तिको माग बमोजिम उनको घरमा समोसा पठाइदिए । त्यसपछि ती व्यक्तिलाई पहिले समोसा खुवाइयो र सजायस्वरुप सडकको नाली सफा गर्न लगाइयो । जिल्ला मजिस्ट्रेटले व्यवस्थाको दुरुपयोग गर्ने व्यक्तिबाट सजायस्वरुप सामाजिक काममा सहयोग लिइने बताएका छन् ।
जिल्ला मजिस्ट्रेटले ट्वीट गर्दै भनेका छन् ‘४ समोसा पठाइदेऊ… चेतावनीपछि अन्ततः पठाउनै पर्यो । अनावश्यक माग गरेर कन्ट्रोल रुमलाई हैरान पार्ने व्यक्तिबाट सामाजिक कार्य अन्तर्गत नाली सफा गराइयो ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment