अस्ताए नेपाली क्रिकेटका ‘सेते दाई’ जयबहादुर तामाङ

डिसी नेपाल
१७ चैत २०७६ १०:१६

काठमाडौं । करिब १५ वर्ष देखि त्रिवि क्रिकेट मैदानमा काम गर्दै आएका जय बहादुर तामाङ (सेते दाई) को हिजो निधन भएको छ । दुबै मिर्गौलामा समस्या आएपछि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काम गर्दै आएका जय बहादुर तामाङ (सेते दाई) बिगत केही समयदेखी वीर अस्पतालमा उपचाररत थिए ।

उपचारमा आर्थिक समस्या भएपछि उनका सहयोगका लागि नेपाल क्रिकेट समर्थक समाज (एनसीसीएस) ले आर्थिक संकलन गर्न अभियान चलाइरहेको थियो । यसअघि सिप्यानले पनि तामाङको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो । आर्थिक अभावका कारण उनको उपचारमा समस्या आएपछि क्रिकेट सम्बन्धित सबैले उनलाई सहयोग गर्दै आएका थिए ।

एनसीएसएसले सामाजिक संजालबाट तामाङको उपचार खर्च सहयोग गर्न आह्वान गरेको थियो । र सहयोग गर्न चाहने व्यक्तिले एनसीएसएसको खातामा रकम जम्मा गरेका थिए । उनको मृत्यु पछि नेपाली क्रिकेटमा लामो समयदेखी सक्रिय रहेका एक ब्यक्तित्व नेपाली क्रिकेटले गुमाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *