गण्डकी प्रदेशले जिल्लामा पुर्‍यायो  पिपिइ र नगद

डिसी नेपाल
१७ चैत २०७६ १२:५२

पोखरा । कोरोना भाइरसको रोकथामका लागि गण्डकी प्रदेश सरकारले अस्पताल र स्वास्थ्यकर्मीलाई तत्कालका लागि केही पिपिई र नगद प्रदान गरेको छ ।

प्रदेशको कोराना रोकथाम, नियन्त्रण र उपचार समन्वय समितिका संयोजक एवं प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तत्कालका लागि प्रत्येक जिल्ला अस्पतालमा पाँचपाँच थान पिपिई र रु १० –१० लाख आइतबार पठाइएको जानकारी दिए ।

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रत्येक स्थानीय तहसम्म खाद्यान्न आपूर्ति सहज गराउने गरी समन्वय समिति गठन गरेको छ ।

समन्वय समितिका संयोजक गुरुङका अनु्सार समितिले खाद्यान्न औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति अनुगमन गर्ने, अभाव भएको ठाउँमा सामाग्री पठाउने प्रबन्ध मिलाउने, कालो बजारी रोक्ने र गर्नेलाई कारवाही गर्नेछ।

पालिकाहरुले आवश्यकतानुसार वडावडास्तरमा पनि समिति गठन गर्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *