सिप्यान अवार्डको पुरस्कार रकम कोरोना रोकथाम कोषमा
काठमाडौं । विश्वमा फैलिरहेको कोरोना भाईरसको प्रकोप र नेपालमा पनी यस्को सर्तकता अपनाउने उदेश्यले नेपाल सरकारले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा सहयोग गर्ने उदेश्यले क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले सिप्यान अवार्डको पुरस्कार रकम कोषमा सहयोग प्रदान गर्ने जनाएको छ ।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) का अध्यक्ष मनीषराज पाण्डे र महासचिव पारस खड्काले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको कारण अवार्ड कार्यक्रम स्थगित गर्नुका साथै अवार्डको पुरस्कार रकम नेपाल सरकारले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा प्रदान गर्ने जनाएका छन ।
सिप्यानले विभिन्न ५ विधामा क्रिकेट खेलाडी पुरुष, महिला, उदीयमान क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने सार्वजनिक गरेको थियो । ५ विधामा दिने रुकम ४ लाख ६२ हजार रुपैयाँ कोषमा दिइने जनाएको छ । उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १ लाख ३२ हजार रुपैयाँ तथा वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डको विजेताले समान ६६ हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment