टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक

डिसी नेपाल
१७ चैत २०७६ १८:२४

एजेन्सी । कोरोनाभाइरसको कारण एक वर्ष स्थगित भएको टोकियो ओलम्पिक खेलकुदको नयाँ मिति सार्वजनिक भएको छ ।

जापानको न्युज एजेन्सी क्योदो न्युजले विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुने मिति तय भएको जनाएको छ । जापानले तय गरेको नयाँ मितिमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि समेत सहमत भएको बताईएको छ ।

यस अघि टोकियो ओलम्पिक जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाईरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको थियो ।

आगामी वर्ष आयोजना हुने भएपनि प्रतियोगिताको नाम टोकियो ओलम्पिक गेम्स २०२० नै रहने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भिडियो कन्फ्रेन्सिङका माध्यमबाट राखेको बैठकमा ओलम्पिक टर्च टोकियो पुगिसकेकोले नाम नफेर्ने सहमति बनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *