शेयर बजार चैत २५ गतेसम्म बन्द

डिसी नेपाल
१७ चैत २०७६ २०:००

काठमाडौं । सरकारले लकडाउन घोषण गरेको चैत २५ गतेसम्म शेयर बजार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार सूचना जारी गर्दै लकडाउन अवधिभर बजार बन्द रहने जानकारी दिएको हो ।

यसअघि नेप्सेले चैत १० गतेदेखि ५ दिनको कारोबार बन्द गरेको थियो । उक्त अवधि मंगलबार सकिँदैछ । सरकारले लकडाउनका समयावधि बढाएपछि नेप्सेले समेत बजार बन्द गर्ने समयावधि बढाएको हो ।

लकडाउन अवधिमा बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ ।

कोरोना संक्रमण फैलिएर लकडाउन भएका कतिपय देशहरुमा शेयर बजार बन्द भएको छैन । नेपालमा अनलाईन कारोबार गर्नसक्नेको संख्या न्यून भएकाले बजार बन्द गर्न लगानीकर्ताले नै दवाव दिँदै आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *