बेलायतका स्वास्थकर्मीलाई निशुल्क नेपाली खाना

डिसी नेपाल
१८ चैत २०७६ ९:१८

लण्डन / बेलायतमा लामो समयदेखि व्यवसाय गर्दै आइरहेका दुई भाइ कुल आर्चाय र दधि आर्चायको होली काउ टेकवे रेष्टुरेन्टले यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस)मा कार्यरत स्वास्थकर्मीहरु लाई निशुल्क खाना दिने व्यवस्था गरेको छ। होलीकाउले आफ्ना ९ वटा ब्रान्चका टेकवे  र एक फाईड डाईन रेष्टुरेन्टका सेरोफेरोमा रहेका अस्पतालहरूमा यसरी निशुल्क खाना दिंदै आइरहेकोछ।

कोरोनाको महामारीमा अग्रपङतिमा रहेर धेरैको ज्यान बचाइरहेरका  डाक्टर र नर्सहरूको हौसला बढाउन सहयोग पुग्ने र अफ्ठारोमा आआफ्नो ठाउँबाट सबैले सक्दो सहयोग गर्नु पर्ने हुँदा आँफूहरूले यसरी सहयोग गरेको संचालक कुल आचार्यको भनाइ छ।

आफ्नो जीवन जोखिममा राखेर पनि दिनरात जनताको सेवामा खटिरहेका स्वास्थकर्मीहरूलाई समयमा खानसमेत फुर्सद छैन भने कतिपयको लागि ब्रेक समय पनि नरहेको समाचार आइरहेका छन्।

आचार्य दाजुभाइले यो महामारीका कारण भोकै बस्नु परेका वृद्धवृद्दालाई समेत निशुल्क खाना र अस्पतालका कर्मचारीहरूले अनलाईन अडर गर्दा २० प्रतिशत छुटसमेत  प्रदान गर्दै आईरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *