तीन सय अमेरिकी नागरिक कतार एयरकाे जहाजबाट स्वेदश फिर्ता

डिसी नेपाल
१८ चैत २०७६ १५:०१

काठमाडौं। लकडाउनमा फसेका आफ्ना नगरिकलाई अमेरिकाले उद्धार गरेको छ। देशका विभिन्न स्थानमा रहेका नागरिकलाई काठमाडौं ल्याइएको थियो। उनीहरूलाई आज कतार एयरमार्फत स्वदेश लगिएको छ।

भिजिट र विभिन्न कामको सिलशिलामा नेपालमा रहेका ३०० बढी अमेरिकी नागरिकको उद्वार गरिएको हो। यसअघि जर्मनीले पनि आफ्ना नागरिकलाई उद्धार गरेर लगेको थियो।

नेपालका विभन्न भागमा अलपत्र परेका विदेशी पर्यटकहरुलाई नेपाल सरकारले उद्धार गरी सेल्फ क्वारेन्टाइनमा राखेको थियो। सरकारले आफ्नो देश फर्कन चाहेका विदेशी नागरिकलाई फर्काउन सहजीकरण गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *