अन्तराष्ट्रिय खेलमा सय गोल हान्ने हक्कीका खेलाडीहरु

डिसी नेपाल
२१ चैत २०७६ १५:५९

काठमाडौं । हक्की खेललाई सन १९०८ को ओलम्पिक खेलमा पहिलो पटक समाबेश गरिएको थियो । त्यसपछि हरेक ओलम्पिकमा यो खेलले स्थान पायो र यो अबधिमा गोलका धेरै किर्तिमानहरु बन्यो । अहिलेसम्म विश्वभरिका ६७ खेलाडीले सय भन्दा बढी गोल गरेका छन जसमध्ये ४५ पुरुष र २२ महिला रहेका छन । सबैभन्दा बढी गोल पाकिस्तानका सोहेल अब्बासले ३४६ गोल गरेका छन ।

पुरुषतर्फ पाकिस्तानका रसिद जुनियरको नाममा सबैभन्दा पहिले सय गोल गर्ने किर्तिमान रहेको छ उनले १९७६ मा बेल्जियम बिरुद्धको खेलमा यो किर्तिमान पुरा गरेका थिए । महिलातर्फ नेदरल्यान्डकी फिएकी बोएहास्टको नाममा यो किर्तिमान रहेको छ उनले पनी बेल्जियम बिरुद्धकै खेलमा १९८४ मा उक्त किर्तिमान पुरा गरेकी थिईन ।

– पुरुषतर्फ १३ देशका ४५ खेलाडीले सय भन्दा बढी गोल गरेका छन । ति मध्ये नेदरल्यान्डका १० र अष्टे्रलियाका ७ खेलाडी रहेका छन ।

– महिलातर्फ १० देशका २२ खेलाडीले सय भन्दा बढी गोल गरेका छन । ति मध्ये अष्टे्रलियाका ५, अर्जेन्टिनाका ४, नेदरल्यान्ड र जर्मनीका ३–३ खेलाडी रहेका छन ।

उत्कृष्ट ५ पुरुष खेलाडीहरुमा – सोहेल अब्बास (पाकिस्तान) ३४६, लिटजेन्स (नेदरल्यान्ड) २६७, डवायर (अष्टे्रलिया) २४३, निकोल (दक्षिण अफ्रिका) २३६ र लाम्बि (अर्जेन्टिना) २३१ गोल रहेको छ ।

उत्कृष्ट ५ महिला खेलाडीहरुमा – कोएटजी (दक्षिण अफ्रिका) २८२, क्रासनिकोवा (रूस) २२०, केलर (जर्मनी) २०४, एनान (अस्ट्रेलिया) १६६ र एमर (अर्जेन्टिना) १६२ गोल रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *