खाद्यान्न हवाइ ढुवानीको विरोध : भोका जनता आक्रोशित

डिसी नेपाल
२१ चैत २०७६ १८:३६

सिमिकोट । लकडाउनका समयमा खाद्यान्न ढुवानी भएकामा यहाँका केही युवाले विरोध गरेका छन् । लकडाउनपछि हुम्लामा खाद्यान्न अभाव पाएर सांसद छक्कबहादुर लामाले आफ्नो पहलमा दुई दिन अगाडिदेखि चामल ढुवानी गराएकामा कोरोना भाइरस सङ्क्रमण हुने डरले स्थानीय युवाले विरोध गरेका हुन् ।

जिल्ला सदरमुकाम सिमकोटका केही युवाले दुई दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट लगातार खाद्यान्न ढुवानी गरिरहेका हवाई यातायात उडान बन्द गर्न स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

खाद्यान्न ढुवानी गर्ने नाममा हवाइजहाज निर्बाध चलेको र त्यसबाट जिल्लामा संक्रमण भित्रिन सक्ने आशङ्काले उडान रोक्न आज जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र पेश गरिएको स्थानीयवासी रवीनकुमार बस्नेतले बताए ।

भोकमरी समस्या भोगिरहेका गाउँले भने खाद्यान्न ढुवानीको विरोध भएकामा आक्रोशित छन् । सिमकोट गाउँपालिकाका टसी विकले आफूहरुलाई रोगभन्दा भोकमरीको डर भएको बताए। ज्ञापनपत्र उद्योग, वाणिज्य तथा आपूर्तिमा मन्त्रालयमा पु¥याइने प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताए । उक्त ज्ञापनपत्र स्थानीय तहलाई पनि बुझाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *