वालिङमा कोभिड–१९ राहत कोषमा साढे रु एघार लाख जम्मा

डिसी नेपाल
२२ चैत २०७६ ७:५९

वालिङ । वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड–१९ राहत कोषमा रु साढे एघार लाख जम्मा भएको छ।

कोभिड–१९ को सङ्क्रमणबाट बच्न सरकारले लागू गरेको लकडाउनका कारण प्रभावित सीमान्तकृत, गरिब, दैनिक ज्यालादारी, गुजारा व्यवसाय र सडक जीवन बिताइरहेकालाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा शुक्रबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु ११ लाख ५० हजार ८११ जम्मा भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

शुक्रबार साँझसम्म रु १० लाख ७६ हजार ८११ नगद तथा ७४ हजार बराबरको खाद्यान्न गरी कूल रु ११ लाख ५० हजार ८११ सङ्कलन भएको नगरप्रमुख खाँणले बताए ।

सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीले पनि राहत वितरण गर्ने इच्छा भएमा नगरपालिकामार्फत वितरण गर्न पाउने व्यवस्था मिलाएको नगरप्रमुख खाँणले बताए।

नेपाल बैंक लिमिटेड वालिङमा कोषको नाममा रहेको खाता नं ०८३००१०६८३३२६७०००००१ मा इच्छुक सङ्घसंस्था तथा व्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन सबैमा नगरपालिकाले अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *