दुई पटक निलम्बन पछि एफआईएच प्रो लिगको समय धकेलियो

डिसी नेपाल
२२ चैत २०७६ ११:३०

काठमाडौं । अन्तराष्ट्रिय हक्की माहासंघ (एफआइइएच) ले एफआईएच प्रो लिगको दोस्रो चरणको सिजन कोरोना भाईरसको कारण अगाडी सारेको छ । अगाडी सारेको कारण खेल जुलाई, अगस्तमा हुने सम्भावना बढेको छ । एफआईएच प्रो लिगकोको समय कोरोना भाईरसको कारण दुईपटक स्थगित भएको थियो र पछि १६ मे सम्मको लागी निलम्बन गरिएको छ ।

एफआईएच सिईओ थियरे वेलले भने – कोरोना भाइरस महामारीको कारण उत्पन्न अवस्थालाई ध्यानमा राख्दै एफआईएच र सबै सहभागी राष्ट्रिय संघहरूले एफआईएच प्रो लीगको बाँकी खेल जुलाई,अगस्तमा आयोजना गर्ने निर्णय गरेको छ।

उनले भने – यस समयमा हालको तालिकामा सबै खेलहरू अर्को सूचना नआएसम्म रोक लगाइएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिको संशोधित तालिका अनुसार अब टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि अगस्त ८ बिचमा हुनेछ। विश्वव्यापी खेलको स्थिरताको कारण यसले गम्भीर आर्थिक असर पार्नेछ। जुलाईमा एफआईएच भएमा ओलम्पिकको तयारीमा भारतले राम्रो सहयोग प्राप्त गर्नेछ।

वेलले भने – यो महामारीकोले विश्व अर्थतन्त्र मा पनि असर पार्नेछ। वित्तीय व्यवस्थापन र बजेट योजनाको क्रममा हामी यसलाई प्राथमिकतामा राख्नेछौं ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *