पिपिइ जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

डिसी नेपाल
२२ चैत २०७६ १८:५७

काठमाडौं । सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीलाई पिपिइ अत्यावश्यक काममा मात्र प्रयोग गर्न आग्रह गरे ।

उनले पिपिइ धेरैले नभएकाले बिरामीलाई मात्र समुचित प्रयोग गर्न आग्रह गरे । मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड– १९ को सङ्क्रमण दिनप्रतिदिन देखिन थालेकाले नमूना परीक्षणको दायरासमेत बढाइ क्वारेन्टाइन अवधि बढाइने जानकारी दिए ।

यसैगरी मन्त्रालयको वेबसाइट र मोबाइल एपमा राखिएको कोभिड– १९ को फाराम आफैले भरेर पठाउने ६ हजार ५ सय २७ जनामध्ये १ सय २६ लाई रेड जोनमा राखिएको छ । परीक्षणका क्रममा ती मानिसमा ज्वरो, रुघाखोकी आउने गरेको उनले बताए । यसैगरी चितवन र बुटवलमा भोलि आइतबारदेखि कोभिड– १९ परीक्षण गरिनेछ । जनकपुर, हेटौँडा, धरान, पोखरा, धनगढी र सुर्खेतबाट यसअघि नै परीक्षण गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *