चिडियाखानाको बाघ कोरोना संक्रमित
वासिङ्टन, डिसी अमेरिका । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट चिडिया खानाको बाघ पनि संक्रमित भएको छ । अमेरिकाको न्यूयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको मलायन पोथी बाघ कोरोना संक्रमित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले बाघमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको चिडियाखानाले जनाएको छ।
चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ।
‘हामीले अति सावधानीपूर्वक बाघको परीक्षण गरेका छौं र कोभिड–१९ बारे प्राप्त यो ज्ञान नोवल कोरोना भाइरसलाई बुझ्नका लागि विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं,’ चिडियाखानाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसअघि मानिस बाहेक बेल्जियममा बिरालो र हङहङमा कुकुरमा पनि कोरोना संक्रमण देखिएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment