‘कोरोनाभाइरसको डरभन्दा मेरो बाध्यता झनै ठूलो छ’

डिसी नेपाल
२४ चैत २०७६ १३:०७

काठमाडौं। कोरोनाभाइरले विश्वभर आतंक फैलाएको छ । यसको शिकार थाइल्याण्डका यौनकर्मीहरु पनि भएका छन् । अहिले यहाँका यौनकर्मीहरु चरम आर्थिक अभावका कारण निकै संकटमा छन् । कोरोनाभाइरसको डरका कारण बैंककमा बार र रेष्टुरेण्टमा ताला लागेपछि यहाँका यौनकर्मीहरुको हालत निकै दयनीय बनेको छ । बैंककदेखि पटायासम्मका डिकहरुमा पहिले रातभरी चहलपहल हुनथ्यो तर अहिले यी सबै सडक सुनसान छन् ।

शुक्रबार रातीदेखि देशभर कर्फ्यू लगाइएको छ । बार र रेष्टुरेण्ट त यहाँ कैयौं पहिलेदेखि बन्द छन् । कोरोनाभाइरसको कारण मारमा पर्नेहरुमध्ये ३२ वर्षकी ट्रान्सजेण्डर पिम पनि एक हुन् । पिमले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै यहाँका यौनकर्मीहरुको पीडा बताएकी छिन् । पिमका अनुसार कोरोनाभाइरसका कारण यहाँ ३ लाख यौनकर्मीले रोजगारी गुमाएका छन् ।

यी सबै यौनकर्मी हुनै न कुनै बारसँग जोडिएका थिए जो स्वेच्छाले ग्राहकहरुसँग जान्थे । काम गर्ने स्थान ठप्प भएका कारण धेरैजसो यौनकर्मीलाई बाध्यतावश यहाँबाट जानु परेको छ । पिमजस्तै केही भने कोरोनाभाइरसको यो संकट हट्ने प्रतिक्षा गरिरहेका छन् । पिमका अनुसार विगत १० दिनदेखि उनले एक जना पनि ग्राहक पाएकी छैनन् । बिल र खर्चले आर्थिक अभावको दबाब बढिरहेको छ । उनलाई अहिले घरको भाडा समेत तिर्न मुस्किल भएको छ ।

पिमकी एक साथी एलिसको हालत पनि उनको जस्तै छ । रेष्टुरेण्ट बन्द भएपछि एलिसलाई बाध्यतावश अर्को ठाउँमा काममा जानु परेको छ । एलिसका अनुसार यो पेशाबाट उनी हरेक हप्ता ३ सयदेखि ६ सय डलर आरामसँग कमाउँथिन् । तर कोरोनाभाइरसले उनलाई बर्बाद पारिदिएको छ । आज हालत यस्तोसम्म भएको छ कि उनीसँग होटलको कोठाको भाडा तिर्ने पैसा समेत छैन ।

बैंककमा केही खास होटलहरु खुलेका छन् तर त्यहाँ पनि कोरोनाभाइरस फैलिने डरले ग्राहक पाइँदैनन् । आधिकारिक तथ्यांकका अनुसार यहाँ २ हजार भन्दा धेरै संक्रमित भेटिइसकेका छन् । २० जनाको मृत्यु भइसकेको छ । विश्वभरी १२ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् र ७० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *