बेलायती प्रधानमन्त्रीलाई आइसीयूमा सारियो

डिसी नेपाल
२५ चैत २०७६ ७:३५

लण्डन । कोरोना भाईरसका कारण १० दिन घरमै सेल्फ आईसोलेशनमा रहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आईसीयुमा सारिएका छन् । हिजो आइतबार स्वास्थ्य परिक्षणका लागि उनी अस्पताल पुगेका थिए। स्वास्थ्य स्थिति बिग्रदोँ भएपछि हिजै सेन्ट थोमस अस्पतालमा भर्ना भएका थिए।

आज उनको अवस्था झन गम्भिर देखिएपछि बेलायतको सात बजे उनलाई सेन्ट थोमस अस्पतालको आइसीयू कक्षमा सारिएको छ।
उनी अचेत अवस्थामा भने छैनन् किनकि उनले परराष्ट्र सचिव डोमिनिक र्याबसगँ कुरा गरेका थिए।

प्रधानमन्त्रीको कार्यलय टेड डाउनिङकानुसार प्रम आइतबार साँझदेखि अस्पताल भर्ना भएपछि उनको स्वस्थ अवस्था जटिल बन्दै गएका कारण त्यहाँका चिकित्सकहरूको समुहको निग्रानीमा थिए। आज दिउसोदेखि स्वास्थ्य झन खराब भए पछि स्वास्थ टोलीको सल्लाह बमोजिम आईसीयूमा सारिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *