काेराेनाकाे त्रासमा बेल्जियममा रहेका नेपाली के गर्दैछन्?

बिजय भुसाल
२५ चैत २०७६ १०:४८

इटाली ।बेल्जियममा लगभग १२ हजार  हाराहारीमा नेपाली हरु बस्दै आएका छन।कोरोना भाइरसका कारण हाल सम्म एक जना नेपालीमा मात्र कोरोना देखिए पनि अरु सबै नेपाली सुरक्षित छन्।

बेल्जियममा अहिलेसम्म २० हजार  ८ सय १४ जना संक्रमित छन् । १६ सय ३२ जना  मृत्यु भैसकेको छ भने ३ हजार ९ सय ८६ जनालाई सन्चो भएको छ।

गत १४ मार्च देखि बेल्जियममा होम क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरुसँग इटालीमा रहेका डिसी नेपालकर्मी बिजय भुसालले गरेको कुराकानीको आधारित :

मदन दवाडी, आनभेर्सा बेल्जियम

मदन दवाडी
आनभेर्सा बेल्जियम

मेरो घर नेपालमा गोर्खा हो । म बिगत ९  वर्षदेखि बेल्जियममा छु।  म रेस्टुरेन्ट व्यवासाय गर्दै छु । १४ मार्चदेखि लकडाउन भएको अवस्थामा टेकअवे र रेस्टुरेन्ट खोल्न पाउने हुँदा मैले आफ्नो व्यवाशायलाई निरन्तरता दिरहेको छु।

मलाइ लकडाउनले असर गरेको छैन। म गाउँ तिरको सुपरमार्केट तिर अथवा होलसेल र शान्त ठाँउ जहाँ भिड हुँदैन।जोसुकैले सामान छोएको हुँदैन त्यस्ताे ठाँउमा गएर सपिङ गर्ने गरेको छु। म नेपाली समुदायसँग पनि निरन्तर सम्पर्कमा छु। अहिलेसम्म एक जना नेपालीमा संक्रमण भएको भन्ने जानकारी आएको छ।  अरु सबै नेपाली सुरक्षित छौं।

व्यवाशायी संघ बेल्जयमको महासचिव भएको नाताले नेपाली व्यवाशायी र नेपालीहरुसँग निरन्तर सम्पर्कमा छु।  नेपाली समुदायलाई पर्न गएको समस्या भन्नू पर्दा खासै त्यस्ताे ठूलाे समस्या केही छैन। कोरोनाको क्राइसिस र लकडाउनको कारणले जो बेरोजगार भएका छन् उनीहरुलाइ बेल्जियम सरकारले राम्रो सेवा सुभिधा दिएको छ।

बेरोजगार भए बापत आफ्नो तलब को ७० प्रतिशत भत्ता त्यसै गरी प्रतिदिन ५ युरो ६३ सेन्टका दरले थप सुबिधा दिएको छ । जुन  आफ्नो तलब को ८० प्रतिशत हुन जान्छ।त्यसैगरी पानी तथा वत्तीको बिल तिर्नका लागि भनेर २०२ युरो हरेक बेरोजगारहरुको खातामा हालिदिने भनिएको छ।

जसले किस्तामा घर लिएको छन् उनीहरुका लागि सेप्टेम्बर सम्मकाे किस्ता रोकिएको छ। यसकारणले  आर्थिक रुपमा कसैलाई पनि समस्या छैन। यो सुबिधा सबैलाई भएकोे हुँदा नेपालीहरुलाई पनि समस्या छैन। नेपाली व्यवाशायीलाइ पनि राम्रै सुबिधा दिएको छ। बन्द गर्नु पर्ने व्यवाशाय भने सुरुको दुई हप्ता लक डाउन घोषणा गर्दा  १४ मार्च देखि ३ अप्रिल सम्म घोषणा गरिएको थियो त्यो समय को ४०००”यूरो व्यवाशायीको स्थिर खर्च तिर्नका लागि भनेर हरेक व्यवाशायीलाई सुविधा दिएको छ।

बन्द गर्नु पर्ने दिनको १६० यूरोका दरले सरकारले सुबिधा दिने भनिएको छ। व्यवाशायीका मालिकहरु परिवार हुनेलाई लगभग १६०० युरो र परिवार नहुनेलाई करिव १२९१ यूरो भत्ता दिने भनिएको छ। व्यवाशाय गरेबापत तिर्नु पर्ने कर एक बर्षका लागि पर सार्ने बनाइ दिएको छ।

यस कारणले गर्दा नेपालीहरु बेल्जियममा आर्थिक हिसाबले कोहि समस्यामा छैनन्। सुपर मार्केटमा पनि सामानहरु प्रशस्त मात्रामा भएको हुनाले खाद्य सामाग्रीको पनि कुनै आभाव छैन। सार्बजनिक सवारी साधनहरु पनि निरन्तर रुपमा चलिरहेको हुँदा  नेपाली समुदयमा समस्या परेको छैन।

तिर्थ धमला, गेन्ट बेल्जियम

 

तिर्थ धमला
गेन्ट बेल्जियम

मेरो नेपाल घर पोखरा हो। म बिगत १३ बर्षदेखि गेन्ट सहरमा परिवारसहित रेस्टुरेन्ट व्यवाशाय गरेर बसिरहेको छु। म गैरआवासीय नेपाली संघ बेल्जियमको महासचिवको रुपमा पनि कार्यरत छु। हामी कोरोना भाइरसका कारण प्रभावित भएका छौं।

हामी बिगत तीन हप्ता भन्दा बढिसमय देखि घरमा सबै परिवार क्वारेन्टाइन मा छौं।  क्वारेन्टाइनमा बस्दा मैले दुई किसिमका अनुभव बटुल्न सकेको छु, फाइदा र बेफाइदा । परिवारसँग लामो समय पछि यसरी बालबच्चासहित लामो समय बिताउन पाउँदा कोरोनाको डर एकातिर भए पनि यादगार पल लिएर आएको अनुभव भएको छ।

बिदेशमा बस्दै गर्दा कामको व्यस्तताले परिवारलाई समय दिन नसकिरहेको अवस्थामा अहिले घर मै सपरिवार बस्न पाउँदा खुसी छु। आफ्नो व्यवाशायमा कोरोनाको कारणले घाटा भए पनि सबै कोरोनाको प्रकोप सकिएपछि समय फेरि पहिले को जस्तै हुनेछ।

हामी नेपाली सुरक्षित छौं। सरकार ले जारी गरेको निएम को पालना गरेका छौं। हाललाई केही समस्या छैन।
सरकारले बेल्जियम नागरिकसरह सबैलाई व्यबहार गरेको छ। त्यसैले पनि हामी ढुक्क भएका हौं।

यहाँ नेपाली बिद्यार्थी  पनि भएको हुँदा यदि काेही समस्यामा परेमा हामी पहिले नै तयारी अवस्थामा छौं।  कसैलाइ पनि समस्या हुने छैन। बिशेष गरी नेपालमा अहिले एकदमै सुरक्षित रहनु पर्ने अवस्था छ। नेपालमा सरकारले लागू गरेका नियम पालना गरी सबै लकडाउनमा घर मै बस्नु होला।

चिरन कुमार खवास, लुबेन बेल्जियम

चिरन कुमार खवास
लुबेन बेल्जियम

नेपालमा घर मेरो झापा हो। सन २००० देखि म बेल्जियम मा बस्दै आएको छु।  सन २००० देखि २००६ को अन्तिम सम्म मैले काम गरेर  २००७ देखि अहिलेसम्म मव्यवाशायमा आबद्ध छु। मेरो रेस्टुरेन्टको बिजनेस छ।व्यवाशायी संघ बेल्जियको म उपाध्यक्ष पनि हुँ। व्यवाशायीहरुलाई जो नेपालबाट आएर यहाँ व्यवाशाय गर्दै हुनुहुन्छ, व्यवाशाय गर्दै गर्दा आइपर्ने कठिनाईलाई सहज होस भन्ने उद्देश्यले खोलिएको यो व्यवाशाय सं ले धेरै नेपालीलाई फाइदा गराएको छ।

हाल लाई बेल्जियममा बस्दै गर्दा खेरी यो लकडाउनको कारणले  पूर्ण समय हामीले घरमा बिताइ रहेका छौं।साथी भाइसँग भेटघाटका लागि हामी जाँदैनाैं।  तर अनलाईनमार्फत हाम्रो कुराहरु हुन्छ। भिडियो च्याटहरु हुन्छ र केही समय जबसम्म अफिसेल्यी लकडाउन सकिँदैन तबसम्म हामी यसरी नै समय बिताउने भन्ने साथीहरुमा सल्लाह भएको छ।

हामी यो कोरोनालाई धेरै अगाडि जान दिन हुँदैन भन्ने पक्ष मै छौं। लकडाउन सुरु भए पछि सुरू दिनहरुमा थोरै खाद्यान्न सामग्री किन्न केही समस्या भएको हो। मान्छेहरुले चाहिने भन्दा बढी सामान किन्दा  एक दुइदिन समस्या भएको थियो। तर अहिले कुनै पनि समस्य छैन।

नेपाली फूड-स्टोर, येसियेन फूड-स्टोर जहाँ दाल, चामल, मरमसलाहरु पाइन्छ, त्यसमा पनि कुनै किसिमको भिड छैन, खाद्य वस्तुमा अभाव छैन। तर पहिलेको तुलनामा अहिले थोरै समय बढी लाग्छ। अप्ठ्यारो पक्ष भनेको त्यो हो।

हामी बेल्जियम मा धेरै सङसस्था हरु पनि छन्। व्यवाशायीसँग र गैरआवासीय नेपाली संघ बेल्जियम कोरोना संक्रमणका कारण परी आएको खण्डमा कुनै पनि समस्याहरुलाई सार्वजनिक रुपमा सबैलाई सहयोग गर्ने बाचा गरेको छ। हामीले सहयोग गरी पनि रहेका छौं।

अहिले परिवार कै साथमा समय बिताएका छौं।घरमै केही नया काम हरु गर्ने ,बच्चाहरुलाई समय दिने, घर मै ब्यायाम गर्ने गरेर हामीले समय बिताइरहेका छौं। नेपालमा पनि भाइरसको संक्रमण देखिएको बेला लकडाउनको बेला सबैलाइ घर मै बस्न आग्रह गर्दछु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *