जुम्लामा कोरोनाको आशंका गरिएका ६ जनाको रिर्पोट नेगेटिभ

डिसी नेपाल
२६ चैत २०७६ १०:१७

जुम्ला । जुम्लामा कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का गरिएका छ जनामासङ्क्रमण नभएको पुष्टि भएको छ।

नमूना परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रतिवेदनमा कोरोना नभएको पुष्टि भएको हो।

छ जनाको स्वाब परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गत २३ चैतमा प्रदेश अस्पताल सुर्खेत पठाएको थियो।

प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलका अनुसार परीक्षणका लागि पठाएको स्वाबमा कोरोना सङ्क्रमण नदिएको रिर्पोट प्राप्त भएको छ।

यही चैत २५ मा भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएर यहाँका स्थानीयको घुम्ती मेडिकल टोलीले थप ३२४ जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न काठमाडौँ पठाएको छ।

जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाको विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका सबैको स्वाब सङ्कलन गरी परीक्षण गर्न काठमाडौँ पठाएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *