बेलायती प्रधानमंत्री बोरिस जोन्सनलाई सघन उपचार कक्षबाट सामान्य वार्डमा सारियो

डिसी नेपाल
२८ चैत २०७६ ८:१०

लण्डन ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनलाई आज सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिएकोछ। कोरोना संक्रमणका बिगत तीन दिनदेखि उनीलाई लण्डनको सेन्ट थोमस हस्पिटलको सघन उपचार कक्षमा राखिएको थियो। 

आज प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिबाट गरिएको विज्ञप्तिमा प्रधानमन्त्री बोरिस जोन्स अब सामान्य वार्डमा सारे पछि उनको उपचार संलग्न चिसिक्सक टोलीले निकट रहेर निरक्षण गरिरहने बताइएकोछ। 

जोन्सन अस्पताल भर्ना भएपछि सेक्रटरी अफ स्टेट फर फरनको भूमिकामा रहेका डोमिनिक रावलाई आवश्यक ठाउँमा भुमिका निर्वाह गर्नु भनेक थिए तर त्यसको अर्थ उनी प्रमबाट हट्न चाहेको भने होइन। रावले आजै बसेको क्रोबा बैठकको अध्यक्षतासमेत गरेका थिए भने आजको बैठकले हाल गरिआएको लकडाउन अझ आवश्यक रहेको हुँदा यसलाई निरन्तरता दिने निर्णय गरेकोछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *