अमेरिकी सरकारको पैसाबाट चल्ने मिडियाले वुहानको लकडाउनलाई ‘सफल’ भनेपछि…

डिसी नेपाल
२९ चैत २०७६ ११:००

काठमाडौं। अमेरिकी सरकारको अनुदालबाट चल्ने मिडिया भ्वाइस अफ अमेरिकाले बेइजिङको प्रोपोगण्डा फैलाएको भएदै ह्वाइट हाउस आक्रामक रुपमा प्रस्तुत भएको छ । यो च्यानलले आफ्नो रिपोर्टमा कोरोनाभाइरसको संक्रमण र क्षतिको विषयमा चीनको आधिकारिक तथ्यांक उद्धृत गरेको थियो र चीनको वुहान शहरमा लकडाउन खुलेपछि यहाँका स्थानीयले खुसी मनाइरहेको भिडियो फुटेज पनि समावेश गरेको थियो ।

ट्रम्प प्रशासन र केही अमेरिकी सांसदहरुले चीनले वुहानको परिस्थिति कसरी नियन्त्रणमा लियो भन्ने विषयमा आलोचना तीव्र बनाएलगत्तै ह्वाइट हाउसको यतो प्रतिक्रिया आएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ । ‘भ्वाइस अफ अमेरिका पटक–पटक अमेरिकी नागरिकको पक्षमा नभइ यसका विरोधीको पक्षमा बोलिरहन्छ’ ह्वाइट हाउसले बिहीबार जारी गरेको राजनैतिक सन्देशमा भनिएको छ । ह्वाइट हाउसले अमेरिकी नागरिकको पैसाबाट चन्ले मिडिया आउटलेटले प्रोपोगाण्डा फैलाएको आरोप लगाएको छ ।

‘यही हप्ता भ्वाइस अफ अमेरिकाले वुहानको लकडाउनलाई विश्वका धेरै देशले अनुसरण गरेको सफल नमूना भन्यो त्यसपछि त्यो कम्युनिष्ट देशले क्वारेन्टाइनको अन्त्य भएको संकेतस्वरुप खुसी मनाएको भिडियो ट्वीट गर्यो’ ह्वाइट हाउसको वक्तव्यमा भनिएको छ । तर, ह्वाइट हाउसले भनेको त्यो रिपोर्ट भने भ्वाइस अफ अमेरिकाका कुनै कर्मचारीले लेखेको थिएन । बरु त्यो रिपोर्ट अन्तर्राष्ट्रिय समाचार एजेन्सी एसोसिएट प्रेसको थियो जसलाई भ्वाइस अफ अमेरिकाले प्रसारण गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *