हुम्लाका ११ स्वास्थ्य संस्थालाई सामग्री सहयोग

डिसी नेपाल
२९ चैत २०७६ १८:२९

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले आज ११ स्वास्थ्य संस्थालाई आवश्यक सामग्री सहयोग गरेको छ । कोभिड –१९ को संक्रमणबाट बच्नका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई अत्यावश्यक सामग्री उपलब्ध गराइएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक दानबहादुर बोहराले बताए।

जिल्लामा महामारी नफैलियोस् भनी पूर्वतयारीका लागि गाउँपालिकाले आफू मातहतका स्वास्थ्य संस्थालाई एकएक थान पिपिइसहित वडा नं. २, ३, ७ र ८ का चार बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा चाहिने सौर्यबत्ती, घडी, बाल्टिन र एप्रोनलगायत एकएक थानका दरले वितरण गरेको जनाइएको छ ।

सामग्री पाउनेमा स्याँडा, डाँडाफया, ठेहे, बरगाउँलगायतका स्वास्थ्य संस्था छन् । यस्तै गाउँपालिकाअन्तर्गतका ती स्वास्थ्य संस्थालाई पिपिई एक–एक, मास्क ५०, डिजिटल थर्मोमिटर दुई, पञ्जा १ सय, सेनिटाइजर २ र भाइरेस्क पाँच वटाका दरले शनिबार वितरण गरिएको छ । गाउँपालिकामा ४ बर्थिङ सेन्टर छन् ।

सबै स्वास्थ्य संस्थामा औषधि र उपकरणको कमी हुन नदिइने र बिरामीको भरसक छिट्टै उद्धार गरिने गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताए। डाँडाफया, स्याँडा र ठेहेका स्वास्थ्यचौकीमा यसअघि एकएक थान पिपिइ पठाइसकिएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *