लाराले १६ बर्ष पहिले आजकै दिनमा बनाएका थिए यस्तोे किर्तिमान

डिसी नेपाल
३० चैत २०७६ १६:३४

काठमाडौं । आजको दिन टेस्ट क्रिकेटको इतिहासमा एक विशेष दिन हो। विश्वकै माहान ब्याट्सम्यान वेस्टइंडीजका ब्रायन लाराले १६ वर्ष अगाडि आजको दिनमा एक कीर्तिमान बनाए, जुन कुनै पनि ब्याट्सम्यानले अहिलेसम्म तोडन सकेका छैनन ।

लाराले १२ अप्रिल २००४ मा इन्टिगुवाको सेन्ट जोन्समा इङल्यान्ड बिरूद्धको चौथो टेस्ट खेलमा ५८२ बलमा ४०० रनको सर्वाधिक व्यक्तिगत इनिङ खेलेका थिए जुन टेस्ट क्रिकेटमा एक ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो ।

लारा अघि टेस्ट क्रिकेटमा सब भन्दा बढी रनको कीर्तिमान अष्ट्रेलियाको विस्फोटक ओपनर म्याथ्यू हेडेनको नाममा रहेको थियो । उनले लारा भन्दा छ महिना अगाडी जिम्बावेको बिरूद्धको टेस्टमा उक्त रेकर्ड बनाएका थिए । रेकर्ड बनाउने क्रममा उनले ३८० रनको पारी खेलेका थिए ।

लाराले ४०० रनको इनिङ खेल्ने क्रममा पहिलो दिन ८६ रन बनाए भने दोस्रो दिन खेलको अन्त्यसम्ममा उनले ३१३ रन बनाएका थिए । उनले तेस्रो विकेटको लागि रामनरेश श्रवण सँग २३२ रनको साझेदारी गरेका थिए। त्यसपछि उनले छैट विकेटका लागी रिडले जेकब्सको अबिजित १०७ रन सगै २८२ रनको अविजित साझेदारी बनाएका थिए । त्यसपछि लाराले खेलको तेस्रो दिनको लन्च पछि ४०० रनको ऐतिहासिक आकडा छोएका थिए। उनले आफ्नो इनिंगमा ४३ चौका र ४ छक्का प्रहार गरेका थिए ।

लाराको इनिङमा पहिले ब्याटिङ गर्दै वेस्टइंडीजले ५ विकेट गुमाएर ७५१ रन बनाउदै पारीको घोषणा गरेको थियो । पहिलो इनिंगमा इङल्यान्ड २८५ रनमै अल आउट भयो । यद्यपि इङल्यान्ड टीमले खेलमा पुनरागमन गर्‍यो र फलोअन खेल्दै कप्तान माइकल वानको १४० रनको मद्दतमा ५ विकेट गुमाएर ४२२ रन बनाउदै खेल बराबरी गर्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *