काेराेना लागेका बेलायतका प्रधानमन्त्री अस्पतालबाट ‘डिस्चार्ज’

डिसी नेपाल
३० चैत २०७६ १९:१६

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आइतबार नै अस्पतालबाट घर फर्केका छन्। गत आइतबारदेखि लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना भएका उनी आइतबार घर फर्किएका हुन् । तीन हप्ता पहिले कोरोनाको लक्षण देखिए पछि उनी घरमै आईसोलेशनमा थिए ।

स्वास्थ्य स्थिति विग्रिदै गएका उनलाई सघन कक्षमा राखेर उपचार गरिएको थियो । दुई दिन पहिले मात्र सघन उपचार कक्षबाट उनलाई साधारण वार्ड सारिएको थियो।

अब उनी गाउँको घर जसलाई चेकर्स हाउस भनिन्छ त्यहाँ स्वास्थमा पुर्ण सुधार नआउन्जेल बसी राख्नेछन्।

सरकारका प्रवक्ताले बोरिस जोन्सन पुर्ण स्वास्थलाभ नहुँदासम्म चेकरर्समा बस्ने र तत्कालै काममा फर्कने कुरा नरहेको बताएका छन्। जोन्सनले अस्पतालका सम्पुर्ण कर्मचारीहरू धन्यबाद व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *