जापान जुडो संघका प्रबन्ध निर्देशक कोरोनाबाट संक्रमित

डिसी नेपाल
१ वैशाख २०७७ १०:३५

काठमाडौं । जापान जुडो फेडरेसनका प्रबन्ध निर्देशक सोया नाकाजाटो कोरोना भाइरस संक्रमित भएका छन्। जापान जुडो फेडरेशनका अनुसार ६२ वर्षिय नाकाजाटोलाई आइतवार ज्वरो आएको थियो र बुधबार उनले स्वास्थ्य परीक्षण गराउदा उनीमा कोरोना पोजेटिभ पाईयो ।

टोकियोको बानक्यो वार्ड संघको मुख्यालयमा कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको यो नवौं घटना हो। फेडरेशनले गत मार्च ३० मा मुख्यालय बन्द गरेको थियो, तर बन्द गरेको भोलिपल्ट एउटा बैठक भयो जसमा नाकाजाटोले भाग लिएका थिए ।

जापानको बि लिग डिभिजन १ को ओसाका अवेसा बास्केटबल क्लबले यो हप्ताको सुरुवातमा गरेको कोरोना परिक्षणमा १२ खेलाडी मध्ये ११ खेलाडीमा कोरोना पोजेटिभ देखीएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *