फोर्लानको ब्राजिल क्लबका प्रशिक्षक बन्ने चाहना

डिसी नेपाल
१ वैशाख २०७७ ११:३३

काडमाडौं । उरुग्वेका लागि विश्वकप खेलेका डिएगो फोर्लानले ब्राजिलियन क्लब साओ पाउलो वा क्लबको प्रतिद्वन्द्वी क्लब ईन्टरनेशनलको अन्तर्राष्ट्रिय कोच हुने इच्छा व्यक्त गरेका छन। फोर्लान जन्मिनु अघिनै उनका बुबा पाब्लोले १९७० देखी १९७६ सम्म साओ पाउलो क्लबमा डिफेन्डरको रूपमा खेलेका थिए ।

४० बर्षिय फोर्लानका अनुसार उनको क्लबसँग बलियो सम्बन्ध रहेको छ । २०१० को विश्व कपमा उत्कृष्ट प्रर्दशन गरेका फोर्लानले गोल्डेन बल जितेका थिए । उनले २०१६ मा तीन महिनाको लागि इन्डियन सुपर लिग (आईएसएल) मा मुम्बईको लागि खेलेका थिए ।

“म सधै साओ पाउलोको लागि खेल्न चाहन्थें, तर दुर्भाग्यवस त्यस्तो कहिल्यै भएन” एटलेटिको म्याड्रिड र म्यानचेस्टर युनाइटेडका लागी खेलेका फोरलनले भने। उनले भने म “मेरो बुबाको समयदेखि नै साओ पाउलोको प्रशंसक हुँ। मलाई क्लबको प्रशिक्षण सुविधाहरू थाहा छ किनकि मेरो बुबा साओ पाउलोमा खेले पछि क्लबको प्रशिक्षक पनी भएका थिए ।

उनका अनुसार उनको मनमा क्लब ईन्टरनेशनलको लागी पनि उत्तिकै विशेष स्थान छ। फोरलन गत बर्ष ब्यबसायिक फुटबलबाट रिटायर भएका थिए । उनले २००२ र २००३ मा प्रिमियर लिगको उपाधि म्यानचेस्टर युनाइटेडले जित्दा र अर्को सिजनमा एफए कप जित्दा टिमका मुख्य सदस्य रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *