एसियाली खेल २०२२ को प्रतियोगिता स्थल यस बर्षमा तयार हुने

डिसी नेपाल
१ वैशाख २०७७ १२:४४

काठमाडौं । सन २०२२ मा आयोजना हुने एसियाली खेलकुदको प्रतियोगिता स्थलहरू मध्ये ४२ स्थलहरू यस बर्षको अन्त्यसम्म तयार हुने आयोजक हरूले जनाएका छन ।

समाचार एजेन्सी सिन्हुवाको एक रिपोर्ट अनुसार एसियाली खेलकुद २०२२ को लागि कूल ५३ खेलस्थान ५ एसियाली खेलगाउ र ३१ अभ्यास स्थलहरूको आवश्यकता पर्नेछ। ति मध्ये ४० खेलस्थान सन २०१९ देखि निर्माणाधीन छन् र बाँकीको निर्माण कार्यहरू यस बर्षबाट सुरु हुनेछ ।

“हाम्रो उद्देश्य यस वर्षको अन्त्यसम्म ४२ खेलस्थान र अन्य सुविधाहरूको काम पूरा गर्नु हो जुन सम्पूर्ण कामको ८५ प्रतिशत हो” आयोजक समितिले भने।
खेलस्थानको सम्पूर्ण निर्माण कार्य मार्च २०२१ सम्ममा सम्पन्न हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *