जापानको कोबे रेडक्रस अस्पतालमा उपचारमा खटिएका ४ जना डाक्टर कोरोना संक्रमित

ज्याक खड्का
१ वैशाख २०७७ १४:००

जापान । कोबे रेडक्रस अस्पतालमा कार्यरत ४ डाक्टरमा कारोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।

कोबे शहरका अधिकारीहरुका अनुसार कोरोना भाइरस संक्रमितको उपचार गर्दै आएको उक्त अस्पतालका ४ जना चिकित्सकमा सोमबार संक्रमणको पुष्टि भएको हो ।

अस्पतालको चिकित्सकहरुमानै कोरोना संक्रमण पाईएपछि अस्पतालले अप्रिल १३ तारिखको लागि क्लिनिकल र आपतकालिन सेवा बन्द गरेको जनाएको छ ।

एनएचके समाचार संस्थाका अनुसार संक्रमित डाक्टरहरु २० देखी ४० बर्ष उमेरका रहेका छन् ।

उनिहरु सबै जापान रेडक्रस सोसाइटी अन्र्तगत कोबे रेडक्रस अस्पतालमा कार्यरत डाक्टरहरु हुन् ।

अस्पताल अधिकारीहरुका अनुसार आईतबार २० बर्षिय एक नर्समा संक्रमण पुष्टि भएको थियो । तिनै नर्ससँग निकटमा रहेर काम गर्दै आएका ति डाक्टरहरुमा संक्रमण सरेको ठानिएको छ ।

ह्योगो प्रिफेक्चरमा हालसम्म ३ सय ७९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भईसकेको छ ।

हिजो कोबे शहरमा पहिलो पटक एक कोरोना संक्रमितको निधन भएको थियो । यो सहित कोबे प्रिफेक्चरमा कोरोना भाईरसबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *