छोरा भन्दा ६ बर्ष कान्छो केटाको प्रेममा नेमारकी आमा

डिसी नेपाल
१ वैशाख २०७७ १५:२०
4
Shares

काठमाडौं । जब ब्राजिलका स्टार फुटबलर नेमारले फुटबल खेल्न शुरू गरे, उनकी आमाको एउटै चाहना थियो कि उनको छोरो ठूलो फुटबलर बनेर नाम कमाएर र चर्चामा आउन । तर अहिले नेमारकी आमा आफै चर्चामा छिन। ५२ बर्षीय नादिन गोन्कल्भेज अहिले नेमार भन्दा ६ बर्ष कान्छो मोडल संग डेटिङ गर्दै चर्चामा आएकी छिन र नेमारले पनि यसमा सहमति जनाएका छन ।

नादिनले टियागो रामोस संगको तस्बीर इन्स्टाग्राममा पोस्ट गरेकी छिन जहाँ दुईजनाले एक अर्कालाई अंकमाल गरेका छन। २२ बर्षीय रामोस एक प्रोफेशनल गेमर हुन र उनी नेमार भन्दा ६ बर्ष कान्छा छन। नादिनले इन्स्टाग्रामको क्याप्शनमा मायाको इमोजी राख्दै भनिन यसलाई बयान गर्न सकिदैन तपाई केवल अनुभव गर्नुहोस ।

नेमारले आफ्नी आमाको पोष्ट देख्ने बित्तिकै उनले टिप्पणी गर्दै भने सधै खुशी हुनुहोस् आमा, धेरै माया भन्दै नेमारले मुटुको ईमोजी पनि बनाए। सन २०१६ मा नेमारका अभिभावकहरू एक अर्काबाट अलग भएका थिए। नेमारका आमा बुबा बिच २५ बर्ष लामो सम्बन्ध रहेको थियो थियो । रामोस पनि नेमारलाई धेरै माया गर्छन र उनी नेमारका एक ठूलो प्रशंसक पनी हुन ।

रामोसले सन २०१७ मा नेमारलाई एउटा चिठी पनि लेखेका थिए र भनेका थिए नेमार तिमी सुन्दर छौ, म कसरी भनुकी म तपाईको ठूलो प्रशंसक मध्येको एक हु भनेर। तपाइ खेलेको देखेर मैले प्रेरणा पाउँछु र मलाई विश्वास छ कि एकदिन तपाईले मेरो सन्देश अवश्य पढ्नुहुनेछ।

रामोसको यो सपना नेमारकी आमाले पूरा गरीन र पछि रामोसले नेमार संगका धेरै फोटोहरू समाजिक संजालमा पोस्ट गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *