डेकेन्द्र पत्रकारिता पुरस्कार शाहीलाई

डिसी नेपाल
१ वैशाख २०७७ १६:१८

दैलेख । जिल्लाको पहिलो पत्रिका ‘धमाका’ले डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार यस वर्ष नमन शाहीलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालीन द्वन्द्वका समयमा हत्यापछि शव बेपत्ता पारिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन्सँगै परिवारलाई न्याय दिन पत्रकार शाहीले खेलेको भूमिकाको कदर गर्दै दैनिक पत्रिकाको १४ औँ वार्षिकोत्सवका यस वर्षको सो पुरस्कार घोषणा गरिएको जनाइएको छ ।

नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष भइसकेका शाहीलाई ५ हजारसहित दोसल्ला ओढाइने बताइएको छ । हरेक नयाँ वर्षको पहिलो दिन विशेष कार्यक्रम गरेर पत्रिकाको वार्षिकोत्सव मनाइँदै आएको भए पनि यस वर्ष कोरोना सङ्क्रमणको त्रासका कारण मनाउन नसकिएको र सहज परिस्थिति भएपछि पुरस्कार दिइने पत्रिकाका प्रकाशक तथा सम्पादक विष्णु शर्माले जानकारी दिए। गत वर्ष सो पुरस्कार यज्ञराज थापालाई दिइएको थियो ।

नियमित ग्राहकमध्ये पालिकामा एक, सुशासन र पारदर्शी ढङ्गले काम सञ्चालन गरेका प्रमुख एक, नियमित विज्ञापनदाता मध्येबाट एक र पत्रिकामा रहेर काम गरिरहेका उत्कृष्ट सञ्चारकर्मी एक गरी गत वर्षदेखि पाँच जनालाई सम्मान गर्ने गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *