भारतमा एकै दिन १२४८ संक्रमित थपिए, मृत्युदर पनि उच्च

डिसी नेपाल
२ वैशाख २०७७ ८:२८

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको महामारी उच्च बन्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा १ हजार २ सय ४८ जना कोरोना संक्रमित फेला परेका छन् । यो भारतमा २४ घण्टामा फेला पर्नेको संख्या सबैभन्दा धेरै हो ।

यो सँगै संक्रमितको संख्या १० हजार २ सय ४८ पुगेको छ । जसमध्ये १ हजार १ सय ८१ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

यस्तै मंगलबार बिहानसम्म भारतमा ज्यान गुमाउनेको संख्या ३५८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा २७ जना मानिसले ज्यान गुमाएका छन् ।

अन्य देशको तुलनामा १० हजार संक्रमित हुँदा ज्यान गुमाउनेको प्रतिशत भारतमा बढी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *