अस्ट्रेलियाले २०२१ सम्म अन्तर्राष्ट्रिय उडान नखोल्ने संकेत

डिसी नेपाल
२ वैशाख २०७७ ८:४८

काठमाडौं। अस्ट्रेलियाले २०२१ को जनवरीभन्दा अगाडि अन्तर्राष्ट्रिय उडान नखोल्ने संकेत गरेको छ । संघीय पर्यटन मन्त्री सिमोन बर्मिङघमले अन्तर्राष्ट्रिय ट्राभल एजेन्टहरुलाई २०२० सालभरीका लागि अन्तर्राष्ट्रिय विदाको प्याकेज बुकिङ नगर्न चेतावनी दिएका छन् । ‘तपाइँहरुले डिसेम्बरसम्म त्यस्ता यात्रा गर्न पाउनुहुनेछ भनेर म ग्यारेन्टी गर्न सक्दिन’ उनले एबीसीको न्यूज ब्रेकफास्टमा भने ।

‘यो यस्तो समय हो जतिबेला मानिसहरु अन्तर्राष्ट्रिय विदा मनाउन जान सकिरहेका छैनन् र यो अझै केही समयसम्मको लागि रहन्छ’ उनले भने । देशभित्रै एक राज्यबाट अर्को राज्य जाने उडान भने आउँदा महिनामा खुला हुन सक्ने उनले संकेत गरे । उनले नागरिकहरुलाई अस्ट्रेलियाभित्रै विदा मनाउनेबारे सोच्न समेत आग्रह गरे । अस्ट्रेलियाले कोरोनाभाइरसको कारण अन्तर्राष्ट्रिय उडानमा कडा प्रतिबन्ध लगाएको छ । अत्यन्तै जरुरी बाहेक अन्तर्राष्ट्रिय यात्रा गर्न पाइँदैन र बाहिरबाट फर्कनेहरु अनिवार्य १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्छ । आइसोलेसनमा बस्नेहरुको निगरानी पुलिस र सेनाले गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *