सर्वाङ्ग नाङ्गै हिँड्न पाइने तर मास्क लगाउन अनिवार्य !

डिसी नेपाल
२ वैशाख २०७७ १३:३९

काठमाडौं। युरोपेली देश चेक रिपब्लिकमा न्यूडिस्टहरुलाई पनि मास्क लगाउन अनिवार्य गरिएको छ । कोरोनाभाइरसको जारी संक्रमणका कारण यहाँ नाङगै हिँड्ने न्यूडिस्टहरुलाई पनि मास्क अनिवार्य गरिएको हो । यहाँको कानुन अनुसार केही तोकिएका सार्वजनिक स्थलमा नाङ्गै हिँड्न पाइन्छ तर कोरोनाभाइरस प्रकोपका कारण हालै लागू गरिएको नयाँ नियमअनुसार नाङ्गै हिँड्न पाइए पनि मास्क नलगाइ घरबाहिर हिँड्न भने पाइने छैन ।

देशले कोरोनाभाइरस संक्रमण फैलिन नदिनको लागि मास्क लगाउनै पर्ने कडा नियम बनाएको छ । पूर्वी प्रागमा पुलिसले केही न्यूडिस्टहरुलाई नाङगै तथा मास्क नलगाइ रमाइलो गरिरहेको भेटेपछि पुलिसले एक वक्तव्य नै जारी गर्दै अनिवार्य मास्क लगाउन निर्देशन दिएको छ । मार्च २७ मा जारी गरिएको वक्तव्यमा भनिएको छ ‘सनबाथ लिनको लागि नागरिकहरु ठूलो समूहमा जम्मा भएको र केहीले मास्क नलगाएको पाइएको’ उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *