स्थानीय तहमै आरडिटी परीक्षण

डिसी नेपाल
२ वैशाख २०७७ १७:०६

जाजरकोट । जाजरकोटका विभिन्न स्थानमा रहेका होम क्वारेन्टाइनमा बसेकाको ¥यापिड डायग्नोष्टिक टेष्ट किट (आरडिटि) मार्फत कोरोना भाइरस परीक्षण सुरु गरिएको छ ।

कर्णाली प्रदेश सरकारमार्फत जाजरकोटमा र्‍यापिड डाइगोनोस्टिक टेष्ट किट आइपुगेपछि स्वास्थ्यकर्मीको टोलीले होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण थालिएको हो। जिल्लाका ७ वटै स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमै स्वास्थ्य परीक्षण गर्ने योजनाअनुसार आईतबारदेखि भेरी नगरपालिकाका होम क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य परिक्षण गरिएको हो। वैशाख ३ गते जिल्लाबाट जाँच टोली खटिनेछ।

बुधबार जुनिचाँदे गाउँपालिका, ५ गते छेडागाड नगरपालिका र ६ गते शिवालय गाउँपालिका आरडीटी जाँच हुँने छ । त्यस्तै बारेकोट गाउँपालिका बैशाख ४ , नलगाड नगरपालिकामा ५ गते र कुशे गाउँपालिकामा ६ गते जाँच गर्न लागिएको प्रमुख जैसीले जानकारी दिए ।

भेरी नगरपालिकामा आइतबार १४ जनाको जाँच भएको छ भने बाँकी अन्यको सोमबार हुँने उनको भनाई छ । आरडीटी जाँचमा पोजेटिभ भएमा थप जाँचका लागि स्वाब संकलन गरेर पिसिआर मेसिनमा जाँचका लागि सुर्खेत पठाईने उनले जानकारी दिए। पहिलो चरणमा २६० जनाको जाँच गरिने छ । थप अन्य शंका लागेमा पनि जाँच हुने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

पहिलो चरणमा प्रदेश कार्यालयबाट ३ सय थान किट जाजरकोट पठाएको प्रजिअ पन्तले जानकारी दिए । बन्दाबन्दीको समयमा बाहिरबाट आएका र बाहिरी मानिसको सम्पर्कपछि क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गर्ने छन् ।

आरडिटी किट आइपुगेपछि जाजरकोटमा स्वास्थ्य परीक्षणमा सहज भएको र परीक्षणको काम सबै स्थानीयका क्वारेन्टाइनमा गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आरडिटी गर्दा र्यापिड टेस्ट नेगेटिभ रिपोर्ट देखिएका व्यक्तिलाई घर पठाइने र पोजेटिभ देखिएकालाई क्वारेन्टाइनमै राखेर स्वाब परीक्षण गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *