सूचनाको हकको असरबारे आइसीआइसीको ध्यानाकर्षण

डिसी नेपाल
३ वैशाख २०७७ १८:४९

काठमाडौं । कोरोना भाइरसको कारण विश्वभर सूचनाको हकको कार्यान्वयनमा परेको असरको विषयमा सूचनाको हकसम्बन्धी विश्वभरका नियकाहरुको संस्था ‘इन्टरनेशनल कन्फरेन्स अफ इन्फर्मेशन कमिस्नर (आइसीआइसीको) ध्यानाकर्षण भएको जनाइएको छ ।

सूचनाको हकसम्बन्धी व्यवस्थाको अनुगमन, कार्यान्वयन, संरक्षण तथा संवद्र्धन गर्न स्थापित निकाय आइसीआइसीले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सूचनाको हक संवैधानिक तथा मौलिक हकका रुपमा रहेको हुँदा यस विषम परिस्थितिमा उक्त हकको पालन गर्नु थप महत्वपूर्ण हुने भएकाले प्रयोग गर्न आह्वान गरेको छ ।

महामारीको समयमा सार्वजनिक निकायले गर्ने गरेका खरीद प्रक्रिया, वितरणलगायत सम्पूर्ण गतिविधिको चासो राखी यसको व्यवहारगत रुपमा प्रयोग गर्न विज्ञप्तिमा भनिएको छ ।

यस सङ्गठनको कार्यकारी समितिका रुपमा रहेको ‘गभर्मेन्ट ओर्किङ ग्रुप’ (जिओजी) मा नेपालका तर्फबाट राष्ट्रिय सूचना आयोग सदस्य रहेको छ । यसको नियमित बैठकहरुमा नेपालले पनि भिडियो कन्फरेन्समार्फत सहभागी भएर आफ्ना धारणाहरु राख्ने गरेको छ ।

सार्वजननिक निकायले विभिन्न माध्यमद्वारा समयमा सत्य सूचना प्रवाह गर्न आह्वानसहित स्वतः सार्वजनिक गर्न तथा सूचना मागकर्तालाई सूचनाहरु सरल रुपमा दिन यसअघि पनि राष्ट्रिय सूचना आयोगले सबै निकायको ध्यानाकर्षण गराएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *