यूईएफएले कोपेनहेगनका सान्तोस माथि प्रतिबन्ध लगायो

डिसी नेपाल
४ वैशाख २०७७ १२:१२
4
Shares

काठमाडौं । युरोपेली फुटबल संघ (यूईएफए) ले युरोपा लिग अन्र्तगत सेल्टिकको बिरूद्धको खेलमा विजय भएपछि पुलिस र सुरक्षाकर्मीहरू संग झगडा गरेको आरोपमा कोपेनहेगनका फरवार्ड माइकल सान्टोसलाई तीन खेलमा प्रतिबन्ध लगाएको छ।

बिबिसीको रिपोर्टका अनुसार सान्तासको टोलीले गत २७ फेब्रुअरी ग्लासगोमा सेल्टिकको बिरुद्ध ३–१ को जितमा खेलमा दोस्रो गोल गरेपछि खुसियाली मनाउन थाल्यो। उक्त समयमा सान्तोसाले कथित रूपमा एक प्रहरी अधिकारी माथि हमला गरेका थिए ।

उरुग्वेका फर्वार्ड सान्तोसलाई विजय उत्सव मनाउने क्रममा एक पुलिस अधिकारीलाई धकेलेको आरोप लगाइएको छ ।

कोपेनहेगन क्लबले बुधबार एक विज्ञप्तिमा जारी गर्दै भन्यो – विशेष परिस्थितिहरुलाई ध्यानमा राख्दा यो सजाय एकदमै कठोर हो । फैसला बिपरित अपिल गर्न सकिन्छ कि भनेर हेर्नका लागि हामीले युईएफ संग लिखित रुपमा सजायको प्रतिलिपि मागेका छौं ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *