आईसीसीले टेस्ट च्याम्पियनशिपको तालिका बारे विचार गर्ने
काठमाडौं । आईसीसीले गत वर्ष अगस्टमा विश्वकप टेस्ट च्याम्पियनशिप शुरू गरेको थियो जसको फाइनल जून २०२१ मा लर्ड्सको मैदानमा खेल्ने तय भएको थियो, तर कोरोना भाइरसका कारण क्रिकेटका धेरै श्रृंखलाहरू स्थगित भएको छ र आईसीसीले पनि टेस्ट च्याम्पियनशिपको तालिका बारे विचार गर्ने भएको छ ।
एक आईसीसी अधिकारीले भने, “कोरोना भाइरसले टेस्ट च्याम्पियनशिपमा कस्तो किसिमको प्रभाव पार्छ भन्ने बारे कुनै निर्णय भएको छैन। यदि कार्यक्रम परिवर्तन गर्ने अबस्था आयो भने यस्को विकल्पको बारेमा के गर्ने भनेर हामीले बिचार गरिरहेका छौं ।
उक्त अधिकारीले भने, “हामीले प्रतियोगिता रणनीतिको बारेमा कार्य जारी राखेका छौ। तर हामीले कार्य जारी राख्न रणनीति पनि बनाइरहेका छौं जसले हामीलाई अहिलेको समयमा भईरहेको परिर्वतनको वातावरणमा मद्दत गर्नेछ। यस महामारीको कारण, हामी हाम्रो अगाडि रहेका सबै विकल्पहरूको विचार गरिरहेका छौं । तर अहिलेसम्म कुनै निर्णय भएको छैन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment