हुम्लाका ९ को स्वाब परीक्षण सुर्खेतमा

डिसी नेपाल
४ वैशाख २०७७ २०:१५

हुम्ला । भारतबाट हुम्ला पुगेका ९ जनाको स्वाब परीक्षणका लागि प्रदेश राजधानी सुर्खेत पठाइने भएको छ ।

सिमकोट तल्लो बजार चर्चको क्वारेन्टानइनमा बस्दै आएका ९ जनाको बिहीबार कोरोना भाइरसको स्वाब संकलन गरी शुक्रबार बिहान सुर्खेत पठाउने तयारी भइरहेको क्वारेन्टाइन सूचना अधिकारी प्रजित बोहराले बताए ।

भारतमा काम गरी जिल्ला फिर्ता भएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना लक्षण नदेखिए पनि नेपाल सरकारको नियमानुसार स्वाब संकलन शुरू गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । आजदेखि भारतबाट आएका सबैको स्वाब लिन शुरु भएको छ । हुम्लामा अहिले ८ सय ८३ जना क्वारेन्टाइनमा बसेका छन् ।

चार गाउँपालिकामा जिल्ला बाहिरबाट आएका व्यक्तिको ¥यापिड डाइग्नोष्टिक टेष्ट सुरु भएको छ ।
बुधबारसम्म जिल्लामा ६८ जनाको द्रुत निदानात्मक परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *