दैलेखमा १ सय ६ को कोरोना परीक्षण

डिसी नेपाल
४ वैशाख २०७७ २१:२९

दैलेख । दैलेखका तीन स्थानीय तहका क्वारेन्टाइनमा रहेका १ सय ६ जनाको ¥यापिड डाइगोष्टिक टेष्ट रिपोर्ट ‘नेगेटिभ’ आएको छ । जिल्लाका आठबीस नगरपालिका, भगवतीमाई गाउँपालिका र नारायण नगरपालिकाका क्वारेन्टाइनमा १ सय ६ जना व्यक्तिमा गरिएको कोरोना भाइरसको ¥यापिड डाइगोष्टिक टेष्ट रिपोर्ट नेगेटिभ आएको हो ।

गत चैत महिनायता भारतबाट गाउँ आएका उनीहरुको कोरोना भाइरस सङ्क्रमण भए नभएको पत्ता लगाउन गरिएको (आरडिटी) परीक्षणका क्रममा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो । विषेश गरी मजदूरी र रोजगारीको सिलसिलामा भारत पुगेर घर फर्किएका व्यक्तिमा कोरोना भाइरस छ, वा छैन थाहा पाउन सम्बन्धित स्थानीय तहमा पुगेर (आरडिटी) परीक्षण शुरु गरिएको जिल्ला अस्पतालका प्रमुख डा निराजन पन्तले जानकारी दिए।

प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन ४ सय २० किट पठाएपछि गत महिना भारतबाट फर्किएका जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा बस्दै आएका १ सय जनाको पहिलो चरणमा (आरडिटी) परीक्षण गरिएका डा पन्तले बताए ।

पहिलो चरणमा आठबीस नगरपालिकामा ८२ जना र दुई नेपाली सेना गरी ८४, नारायण नगरपालिकामा १८, भगवतीमाई १ र नारायण नगरपालिका–११ मा १ जना युवकसहित उनीहरुका परिवारका तीन जना गरी आरडिटी परीक्षण गरिएको हो । यसअघि नौमूले गाउँपालिकाको ९, चामुण्डा विन्द्रासैनी नगरपालिकाका १७, आठबीस नगरपालिकाका २ र दुल्लु नगरपालिकाका छ जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

एघार स्थानीय तह रहेको यहाँको धेरैजसो क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाब परीक्षण र (आरडिटी) परीक्षणमार्फत रिपोर्ट नेगेटिभ आउँदा क्वारेन्टाइन लगभग खाली भइसकेका छन् । अहिले जम्मा १६ जना मात्र बसिरहेका र उनीहरूको पनि स्वाब परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी भएकाले आउनासाथ उनीहरूलाई पनि घर पठाइने प्रमुख डा पन्तले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *