बेलायतले चीनबाट खरिद गरेका टेस्टिङ किटले काम गरेन

डिसी नेपाल
५ वैशाख २०७७ ३:५२

लण्डन । बेलायतले चीनका दुई वटा कम्पनीमार्फत कोबिड १९ को परीक्षणका लागि भनेर किनेका टेस्टिङ किटले काम नगरेको ठहर गरेको छ । बेलायतले सोह्र लाख पाउण्ड खर्च गरेका ती सामग्री खरिद गरेको थियो । केही समयअघि मात्र खरिद गरिएका ती सामाग्री कमसल पाइएपछि ती सबै सामग्री फिर्ता गर्ने निर्णयमा बेलायत सरकार पुगेको छ ।
बेलायतले अलटेष्ट बायोटेक र बन्डफो बायोटेक नामका कम्पनीबाट ती किटहरु किनेको थियो । ती कम्पनीहरुले हेल्थ सेफ्टीका सबै मापदण्डहरु पूरा गरेको बताए पनि ती किटले राम्रो काम नगरेपछि बेलायतमा सामान खरिदमा ध्यान पुर्याउन नसकेको भन्दै बेलायत सरकारको आलोचना पनि शुरु भएको छ ।
बेलायतको स्वास्थ तथा सामाजिक सुरक्षा विभागका प्रवक्ताले सम्झौता सबै सामानको गरे पनि शुरुमा निम्नतम् परीक्षणका लागि केही मगाइएको र अरु बाँकी जे जति छन् तिनीहरु प्रयोग नगरिने बताए । उनले मगाउन खोजिएका थप परिमाणहरू खारेज गरेर सकेसम्म आर्थिक क्षति कम गर्ने जानकारी पनि बेलायती जनतालाई दिएका छन् ।
चीनबाट ल्याउन खोजिएको उक्त एण्टिजिन टेष्टिंग किटले कोबिडसम्बन्धी परीक्षणमा पोजेटिभ वा नेगेटीभ के हो भन्ने थाहा हुन्छ भने अर्को एण्टीबडी टेष्टिंग किट पहिला कोरोनाबाट संक्रमण भई सुधारउन्मुख भइरहेका बिरामीको पुन परीक्षणका लागि प्रयोग गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *