लकडाउनमा मानव अधिकार संरक्षणका लागि अनुगमन समिति

डिसी नेपाल
६ वैशाख २०७७ २०:४९

काठमाडौं । ‘लकडाउन’ अवधिमा सुरक्षाकर्मीबाट मानव अधिकार उल्लङ्घनका घटना निरन्तर सार्वजनिक भएपछि नागरिकस्तरमा अनुगमन समिति गठन गरिएको छ । नेपाल बार एशोसियसनका जिल्ला एकाइ अध्यक्ष नन्दबहादुर भण्डारीको संयोजकत्वमा शनिबार ५ सदस्यीय मानव अधिकार संरक्षण अनुगमन समिति गठन गरिएको हो ।

समितिमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेशकञ्चन भारती, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष घनश्याम केसी, अधिवक्ता रमा प्याकुरेल र अधिकारकर्मी खिम रेग्मी रहेका छन् । कोभिड– १९ को रोकथाम तथा नियन्त्रणको क्रममा लकडाउन पालना गराउने क्रममा प्रहरीले मानव अधिकार उल्लंघन गरेको व्यापक गुनासो आएपछि अनुगमन गर्न समिति गठन गरिएको संयोजक भण्डारीले जानकारी दिए।

समितिले कोभिड– १९ रोकथाम, नियन्त्रण तथा उपचारका सन्दर्भमा जिल्लास्तरमा भइरहेका सरकारका कामको अवस्था, बिरामीको उपचार, स्वास्थ्य सामग्री एवं औषधिको उपलब्धता, सरकारी तथा निजी स्वास्थ्य संस्थाको भूमिका, विपन्न वर्गको जीवनयापन, राहत वितरण, उपभोक्ताको अधिकार, अत्यावश्यकीय सेवा प्रवाह, नागरिकको न्याय प्रशासनमा पहुँच, आवतजावतमा परेको समस्या, अभिव्यक्ति स्वतन्त्रताको अवस्थालगायतको अनुगमन गर्नेछ । दोषीलाई कारवाहीसहितको प्रतिवेदन तयारी गरी सम्बन्धित निकायमा बुझाउने अनुगमन समितिले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *