इटालीमा कोरोना उपचारको एउटा अस्पताल बन्द गरियो

डिसी नेपाल
८ वैशाख २०७७ ४:०७
8
Shares

इटाली ।कोरोना भाइरस संक्रमितको उपचारका लागि इटालीको मिलान सहरको न्यूग्वार्दामा रहेको अस्पताल बन्द भएको छ। लोम्बार्दिआमा कोरोनाका कारण गम्भीर अवस्थामा रहेका बिरामीहरुको संख्यामा कमी आएसंगै सो अस्पताल बन्द गरिएको हो। अस्पतालको २७ जनासम्मको उपचार गर्न सक्ने क्षमता रहेको थियो ।

अस्पतालले लगभग दुइ महिनादेखि कोरोना भाइरसका गम्भीर अवस्थाका बिरामीहरुको उपचार गर्दै आएको थियोे ।

आइतबारदेखि बन्द गरिएको अस्पताल मिलान शहरमा रहेको कोरोमा सन्क्रमितहरुको लागि तोकिएको पाँचअस्पतालमध्ये एक हो।

इटालीमा लोम्बार्दियाको लोदी सहरबाट कोरोना संक्रमण देखिएसंगै यी पाँच अस्पताल कोरोना सन्क्रमितहरु को उपचारका लागि तोकिएका थिए ।

बन्द अस्पताललाई सेनेटाइज र सरसफाई गरी अन्य रोगका बिरामीहरूको उपचार सुरु गरिने छ।

आइतबारसम्म इटालीमा १ लाख ७८ हजार ९७२ सन्क्रमित छन।२३ हजार ६६० को मृत्यु भैसकेको छ भने निको हुने हरुको संख्या ४७ हजार ५५ छ। एक्टिभ केस १लाख ८हजार २९७ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *