न्यूनतम एक महिनाको राहत प्याकेज ल्याउन काँग्रेसको माग
पोखरा । नेपाली काँग्रेस कास्कीले न्यूनतम एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन माग गरेको छ।
पार्टीका जिल्ला सभापति कृष्ण केसीद्वारा आइतबार जारी एक विज्ञप्तिमा पाँच दिनलाई पनि नपुग्ने गरी राहत वितरण गरिएको भन्दै त्यसलाई तत्काल सुधार गरी न्यूनतम एक महिनाको राहत प्याकेज ल्याउन माग गरिएको हो।
राजनीतिक दल, सामाजिक सङ्घ संस्थाको सहभागितामा राहत वितरण गर्नुपर्ने भन्दै काँग्रेसले सामाजिक सङ्घ संस्थासहितको सर्वदलीय संयन्त्रमार्फत राहत वितरण गर्न माग गरेको छ।
तथ्याङ्क सङ्कलन गरी राहत व्यवस्थित र पारदर्शी गर्नुपर्ने माग गर्दै काँग्रेसले राष्ट्रिय सङ्कटमा रहेका बेला सम्पूर्ण शक्ति र स्रोत कोरोनाविरुद्ध लगाउनुपर्ने समयमा भूमि समस्या समाधान आयोगमा नियुक्त गरिएकोप्रति पनि आपत्ति जनाएको छ।
स्वास्थ्यकर्मीलाई अनावश्यक दुःख दिने र मनोबल घटाउने काम तत्काल बन्द गर्न पनि पार्टीले ध्यानाकर्षण गराएको छ। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment