सामाजिक दूरी कायम हुने गरी बैठक कक्ष तयार गर्न निर्देशन

डिसी नेपाल
८ वैशाख २०७७ १४:३५
4
Shares

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बानेश्वरस्थित संघीय संसद भवनको बैठक कक्षको निरीक्षण गरेका छन्।

उनले सोमबार संघीय संसदको संयुक्त बैठक कक्ष र राष्ट्रिय सभाको बैठक कक्षको निरीक्षण गर्दै सामाजिक दूरी कायम हुनेगरी बैठक कक्षको तयारी पार्न निर्देशन दिए।

अध्यक्ष तिमिल्सिनाले हलमा सामाजिक दूरी कामय गर्न तीन कुर्सीको बीचको कुर्सी खाली राखेर सांसदहरुलाई बस्नेगरी व्यवस्थापन मिलाउन सचिवालयलाई निर्देशन दिएका हुन्।

उनले बजेट अधिवेशन आह्वान भएको अवस्थामा बैठक बस्नका लागि पूर्ण तयारीमा रहन भन्दै सचिवालयलाई भने, ‘सामाजिक दूरी कायम हुनेगरी बैठक गर्नका लागि प्रत्येक सांसदलाई मास्क, स्यानिटाइजर र सम्भव भएसम्म स्क्यानिङ मेसिनमै स्यानिटाइज हुने व्यवस्था गर्नु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *